चार वटा प्रदेशमा एकैपटक पहिलो प्रदेश सभा बैठक सुरु भएको छ । प्रदेश नम्बर २, ५, ६ र ७ को पहिलो प्रदेशसभा बैठक एकैपट सुरु भएको हो ।
प्रदेश नम्बर पाँचको बुटवल, दुईको जनकपुर, ६ को सुर्खेत र ७ को धनगढीमा बैठक चलिरहेको छ । बैठकमा अधिकांश प्रदेश सांसदहरु उपस्थिीत छन् ।
चारवटै प्रदेशमा चलिरहेको प्रदेशसभा बैठकका मुख्यतः तीन वटा एजेण्डा रहेका छन । प्रदेश प्रमुखको पत्र वाचन, अन्तरिम प्रदेशसभा सञ्चालन कार्यविधी पारित र सभामुखको चुनावको मिति तय गर्नु बैठकको मुख्य एजेण्डा रहेको छ।
सबै प्रदेशले समृद्धिलाई मुख्य एजेण्डा बनाएका छन् । प्रदेश सदस्यको मन्तव्य पछि प्रदेशसभा बैठक सञ्चालन सम्बन्धी कार्यविधी २०७४ सभामा पेश हुनेछ ।
प्रतिक्रिया