दुई नम्बर प्रदेशको पहिलो प्रदेश सभा बैठकमै विवाद देखिएको छ । जनकपुरमा बसेको प्रदेश सभाको पहिलो बैठकमै मधेस आन्दोलनका शहीदको तस्वीरहरु नराखिएको भन्दै संसदहरुले अपत्ति जनाएका हुन् ।
बैठकमा राजपा नेता मनिष सुमनले सभामुखको आशन अगाडि जनआन्दोलनका शहीदको तस्वीर राखेको तर मधेस आन्दोलनका शहीदको तस्वीर नराखेको भन्दै आपत्ति जनाए ।
त्यस लगत्तै अन्य सांसदहरुसमेत आशनबाट उठेपछि वैठक अवरुद्ध भएको थियो । फोटो राख्न सभामुखले निर्देशन दिएसँगै बैठक शुरू भएको छ ।
वैठकको अध्यक्षता गरेका जेष्ठ सदस्य ललन लाल चौधरीले पहिलो बैठकमा त्रुटी भएको र आमी बैठकमा यसलाई सच्याउने भनेसँगै बैठक सुचारू भएको हो । बैठकको विशेष समयमा अहिले संसदहरुले धारणा राखिरहेका छन् ।
प्रतिक्रिया