नयाँ सरकार गठनपछि मात्रै पार्टी एकता हुने

नयाँ सरकार गठनपछि मात्रै पार्टी एकता हुने


एमाले–माओवादी केन्द्रबीच हुने भनिएको पार्टी एकता नयाँ सरकार गठनपछि मात्रै हुने भएको छ ।

एमाले सचिव प्रदीपकुमार ज्ञवालीका अनुसार फागुनमा नयाँ सरकार हुने र त्यसपछि मात्रै  दुईपार्टीबीच एकता हुने भएको हो ।

ज्ञवालीले भने,‘संविधानको अपव्याख्या गर्दा नयाँ सरकार बन्न ढिलाइ भएको हो, सरकार बनेपछि दुई पार्टीबीच एकता हुन्छ ।’

नेता ज्ञवालीले स्थिरता र समृद्धिका लागि वाम सरकार बन्न लागेको बताए । वाम सरकारले दुवै छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध राख्ने उनको भनाइ थियो ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणपछि दुई देशको सम्बन्ध थप सुमधुर भएको उल्लेख गर्दै उनले भने,‘भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणलाई लिएर अनावश्यक टीकाटिप्पणी गर्नु आवश्यक छैन ।’

सीमा क्षेत्रमा रहेको विवाद सल्टाएर दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन दुवै देश लाग्नुपर्नेमा नेता ज्ञवालीले जोड थियो ।