रामेछाप भलिबल : सेमिफाइनल समीकरण पूरा

रामेछाप भलिबल : सेमिफाइनल समीकरण पूरा


सुदुरपश्चिमाञ्चल विकास क्षेत्र, शान्तिदीप युवा क्लब, लोकतान्त्रिक खेलकुद संघ रामेछाप र मन्थली युनाइटेड तेश्रो रामेछाप सिभिल भलिबल च्याम्पियनसीपको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

मानबहादुर श्रेष्ठको उपस्थितिमा प्रेरित युनाइटेडले लिग चरणको अन्तिम खेलमा लाकेतान्त्रिक खेलकुद संघलाई २७–२५, २५–१८ र २५ –१९ ले हराउँदै समुहमा पहिलो स्थान पायो । सेमिफाइनल प्रवेशको क्रममा युनाइटेडले क्वार्टरफाइनलमा हिमगंगा रामेछापलाई २५–२१, २५–२३ र ३०–३० ले पराजित गरेको थियो ।

अन्य क्वार्टरफाइनल खेलमा सुदुर पश्चिमाञ्चलले मध्यपश्चिमाञ्चललाई २५–१९, २५–१४ र २५–११ तथा लोकतान्त्रिक खेलकुदले नमुनादीप क्लबलाई २०–२५, २५–२७, २५–२०, २५–१४ र १६ –१४ ले पराजित गरेको थियो । पूर्वाञ्चललाई २९–३१,२५–२०,२५–२०र २५ –१८ ले हराउँदै शान्तिदिप सेमिफाइनलको यात्रा तय गर्न सफल भयो ।

लिगकम नकआउट आधारमा जारी प्रतियोगिताअन्तर्गत अन्तिम दिन सेमिफाइनल र फाइनल खेल हुने संयोजक सिताराम कार्कीले जानकारी दिएका छन् ।

प्रतियोगिताको उपाधि विजेता टोलीले १ लाख ५० हजार तथा उपविजयी टोलीले १ लाख रुपैयाँ पुरस्कार पाउने छ । यसैगरी, तेश्रो हुने टोलीले ५० हजार रुपैयाँ पुरस्कार पाउने छ । ३५ हजार रुपैयाँ सान्त्वना पुरस्कार रहेको प्रतियोगितामा उत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ पुरस्कार पाउने छन् । उत्कृष्ट, डिफेन्डर, ब्लकर, सेटर, स्पाइकर र सर्वरलाई ५÷५ हजार प्रदान गरिने छ ।