ग्लोबल आइएमई बैंक लिमिटेडले आजदेखि पाल्पा जिल्लाको तानसेन तथा काठमाडौंको जोरपाटीमा नयाँ शाखा विस्तार गरेको छ । ग्लोबलले पाल्पामा पहिलो शाखा कार्यालय खोलेको हो भने काठमाडौं उपत्यकाभित्र जोरपाटीमा खोलिएको नयाँ शाखा यस बैंकको ३५औँ शाखा कार्यालय भएको बैंकले जनाएको छ । खोलिएको हो । २ नयाँ शाखा थप गरेसँगै बैंकको शाखा संख्या ११५ पुगेको छ ।
बैंकले शाखा मुलुकका हरेक क्षेत्र र वर्गसम्म सेवा पुर्याउने उद्देश्यले ७ वटै प्रदेशमा ११५ वटा शाखा, १२७ वटा एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र आजबाट ६८ शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।
त्यस्तै, बैंकले अत्याधुनिक प्रविधियुुक्त भाइवर बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि (सम्र्पक) कार्यालय स्थापना गरेर ती देशमा रहेका नेपालीहरूलाई सेवा प्रदान गर्दै आएको छ भने मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा प्रदान गर्दै आएको जनाएको छ ।
प्रतिक्रिया