सशस्त्रका इन्सपेक्टरहरूलाई अनुशिक्षण तालिम

सशस्त्रका इन्सपेक्टरहरूलाई अनुशिक्षण तालिम


सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा प्रशासनिक व्यवस्थापन अनुशिक्षण तालिम सञ्चालन भएको छ । तालिमको आज उदघाटन गर्दै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक प्रेमकुमार शाहीले संगठनबाट सम्पादन हुने प्रशासनसम्बन्धी आन्तरिक कामकारवाहीमा एकरुपता ल्याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको जानकारी दिँदै यस्ता तालिमले प्रचलित कानूनी व्यवस्था एवं प्रशासनिक कामकारवाहीको विधि र प्रक्रियाका बारेमा स्पष्ट रही प्रभावकारी ढंगबाट जिम्मेवारी निर्वाह गर्न सक्ने क्षमताको विकास गर्ने दाबी गरे ।

सशस्त्र प्रहरी बल नेपालको आन्तरिक प्रशासनिक कार्यहरूलाई पाठ्यक्रमको विषयवस्तुमा समेटिएको हुँदा प्रशिक्षार्थीहरुले तालिमको महत्व बुझेर बढीभन्दा बढी जिज्ञासु एवं अग्रसर भएर सिक्ने कोसिस गर्नुपर्ने उनले सुझाव दिए ।

कार्यक्रममा तालिमका प्रमुख प्रशिक्षक सशस्त्र प्रहरी नायव उपरीक्षक सुरेशकुमार श्रेष्ठले तालिमसम्बन्धी कार्य योजना प्रस्तुत गर्दै व्यावसायिक जीवनमा सफलता प्राप्त गर्न यस्ता तालिमले सहयोग पु¥याउने बताए ।

आगामी फागुन ८ गतेसम्म सञ्चालन हुने सो तालिममा २० जना सशस्त्र प्रहरी निरीक्षकहरू प्रशिक्षार्थीको रुपमा सहभागी छन् ।