आज भारत यात्रा शुरु गर्दै पूर्व श्री ५

आज भारत यात्रा शुरु गर्दै पूर्व श्री ५


पूर्व श्री ५ ज्ञानेन्द्र शाह आज सोमबारदेखि भारत भ्रमणमा जानुहुने भएको छ । उहाँ आज दिउँसो साढे ४ बजे कलकत्ताका लागि प्रस्थान गर्नुहुने बुझिएको छ । प्राप्त जानकारीअनुसार उहाँको साथमा निजी सचिव सागर तिमल्सिना, शाही अर्दली, निजी सुरक्षाकर्मी लगायतका करिब आधा दर्जन टोली रहनेछन् ।

उडिसा राज्यको धार्मिक भ्रमणमा निस्कन लाग्नुभएका पूर्व श्री ५ को करिव एक साता भारतमै बस्ने कार्यक्रम रहेको छ । नेपाल फर्के लगत्तै उहाँ सिमरा जाने कार्यक्रम तय भएको छ ।