राष्ट्रियसभा निर्बाचनको मौन अवधि शुरु

राष्ट्रियसभा निर्बाचनको मौन अवधि शुरु


राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि सुरु भएको छ । माघ २४ अर्थात आगामी बुधबार हुने निर्बाचनका लदागि गएराति १२ बजेदेखि मौन अवधि सुरू भएको हो ।

मौन अवधि सुरु भएको र निर्वाचन नसकिएसम्मका लागि उम्मेदवार, राजनीतिक दल, नागरिक समाज, दलका पदाधिकारी, तथा मतदाताले कुनै पनि प्रकारका चुनावी प्रचारप्रसारमा संलग्न हुन नपाइने निर्वाचन आयोगले जानकारी दिएको छ ।

आयोगका अनुसार मौन अवधि सुरू भएकोले उम्मेदवारले सामाजिक संजालमार्फत प्रचार गर्न नपाइने, तीनसय मिटर वरपर रहेका प्रचार सामग्री हटाउनु पर्नेछ । अन्यथा निर्बाचन मौन अवधि तोकिएको भन्ने बुझिनेछ ।

यस्तै निर्बाचन आयोगले मौन अवधिका बेला समाचार सम्प्रेषणमा बिशेष ध्यान दिन सञ्चार माध्यमलाई अनुरोध गरेको छ ।

आयोगका अनुसार प्रत्यक्षतर्फ ५६ सदस्यका लागि उम्मेदवार मनोनयन भएपनि यसअघि नै २४ जना उम्मेदवारहरु निर्विरोध भइसकेका छन् । आयोगले अब बाँकी ३२ सिटका लागि बुधबार निर्वाचन हुने जानकारी दिएको छ ।