पार्टी एकता नभए त्यसको दोष एमालेले भोग्नुपर्छ : गौतम

पार्टी एकता नभए त्यसको दोष एमालेले भोग्नुपर्छ : गौतम


कुनै कारणवश पार्टी एकता नभएमा त्यसको दोष एमालेले भोग्नुपर्ने एमाले नेता वामदेव गौतमले ठोकुवा गरेका छन् । उनले पार्टी एकतामा ध्यान दिएर तार्किक निष्कर्षमा पुर्‍याउनुपर्ने भन्दै नेता गौतमले यस्तो बताएका हुन् ।

प्रेस चौतारीको २० औ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा एमाले नेता गौतमले पछिल्लो समय एकता प्रकृयाका वारेमा विभिन्न हल्ला फैलिएको भए पनि एकता अव नरोकिने जिकिर गरेका छन् ।

उनले आगामी सरकारको नेतृत्व एमाले अध्यक्षले गर्ने बताउदै पार्टी एकता गर्न एमालेले धेरै कुरा दिन पनि तयार रहनुपर्ने बताएका छन् ।