एमाले र माओवादी केन्द्रको एकता प्रयास पदीय भागवण्डामा अल्झिएको बुझिएको छ । प्रधानमन्त्री वा एकीकृत पार्टीको अध्यक्ष नपाए एकता असम्भव हुने माओवादी केन्द्रले स्पष्ट रुपमा जनाएको छ ।
एकीकृत पार्टीको अध्यक्ष माओवादी केन्द्रलाई दिन एमालेको संस्थापन पक्ष तयार नभएपछि एकता अलमलमा परेको माओवादी केन्द्रका नेताहरुले बताउन थालेका छन् । यद्धपि पार्टी एकताको प्रक्रिया नरोकिने उनीहरुको भनाई भने कायमै छ ।
एकता प्रक्रियामा देखिएको समस्या सुल्झाउन दुबै पार्टीका अध्यक्षहरु छलफलमा सक्रिय रहेपनि एकताको विषयलाई भने निष्कर्षमा पु¥याउन भने सकेका छैनन् । एमाले अध्यक्ष केपी ओली पक्षधरले अध्यक्ष पनि ओली नै हुनुपर्ने बताउँदै आएका छन् । तर माओवादी केन्द्रले भने आफ्नो पार्टी विलय नभएर सम्मानजनक एकताको पक्षमा रहेको बताउँदै आएका छन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता रोक्ने र बामगठबन्धन तोड्ने षड्यन्त्र भइरहेको सार्वजनिक धारणा समेत राखेका छन् । यद्धपि दुबै दलका नेताहरुले पार्टी एकता हुने दाबी गर्दै आएका छन् ।
पदमा भागवण्डा नमिलेपछि बिस्तारै दुरी बढ्न थालेको एमाले र माओवादी केन्द्रका केही नेताहरुले बताउन थालेका छन् ।
प्रतिक्रिया