हाइली क्रिएटिभलाई फेका कप उपाधि

हाइली क्रिएटिभलाई फेका कप उपाधि


हाइली क्रिएटिभले तेश्रो फेका कप अन्तरविद्यालय सेभेन ए साइड छात्रा फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

फाइनलमा हाइली क्रिएटिभले अक्षरिका स्कुललाई ६–१ गोल अन्तरले पराजित गरेको थियो । हाइल्यान्डले तेश्रो स्थानमा चित्त बुझायो ।

गरिमा राई उत्कृष्ट खेलाडी घोषित भइन् । प्रतियोगिताभर १५ गोल गरेकी अमिशा कार्की सर्वाधिक गोलकर्ता बनिन् । मुना महर्जन उत्कृष्ट गोलकिपर चुनिन् । उत्कृष्ट तीनैजना खेलाडी हाइलीका हुन् ।