५ अर्बको ट्रेजरी बिल राष्ट्र बैंकद्वारा जारी

५ अर्बको ट्रेजरी बिल राष्ट्र बैंकद्वारा जारी


आज नेपाल राष्ट्र बैंकले ५ अर्ब १६ करोड रुपैयाँको ट्रेजरी बिल जारी  गरेको  छ।

यसका लागि दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिनुपर्नेछ । बिक्री गरिने कुुल ट्रेजरीमध्ये २८ दिने अवधिको ३ अर्ब २५ करोड र ९१ दिने अवधिको एक अर्ब ९१ करोड रुपैयाँ रहेको छ।

राष्ट्र बैंकले यसअघि पुस ३० गते ५ अर्ब ७५ करोड र पुस ३ गते १३ अर्बको ट्रेजरी बिल जारी गरेको थियो ।