प्रदेश नं ४ ले फागुन ३ मा सभामुख, उपसभामुख पाउने

प्रदेश नं ४ ले फागुन ३ मा सभामुख, उपसभामुख पाउने


 प्रदेश नं ४ को प्रदेशसभा सभामुख र उपसभामुखको निर्वाचन आगामी फागुन ३ गतेलाई तोकिएको छ ।

आज बसेको प्रदेशसभाको पहिलो बैठकले फागुन ३ गते दिउँसो १ बजे सभामुख र उपसभामुखको निर्वाचन गर्ने निर्णय गरेको हो । बैठकले अन्तरिम कार्यविधि सर्वसम्मतिले पारित गरेको छ ।