बलात्कार अभियोगमा दुई पक्राउ

बलात्कार अभियोगमा दुई पक्राउ


भक्तपुरमा बलात्कारका घटनामा संलग्न रहेको आरोपमा आज प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । चार वर्षीया एक बालिका र अर्की ३४ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा भक्तपुर प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित श्री इँटा भट्टामा काम गर्ने महिलालाई बलात्कार गरेको अभियोगमा प्रहरीले सुर्खेत घर भई हाल श्री भट्टामा काम गर्ने ३८ वर्षीय कर्णबहादुर पुनलाई पक्राउ गरेको हो ।

तीन दिनअघि बलात्कारमा परेकी पीडितले जाहेरी दिएपछि फरार रहेका पुनलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईंलाई उद्धृत गर्दै राससले जनाएको छ ।

त्यसैगरी, चाँगुनारायण नगरपालिका–४ की पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आजै ललितपुर बुङ्मती स्थायी घर भई भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने १८ वर्षीय वसन्त तामाङ पक्राउ परेका हुन् । तामाङले बालिकालाई बलात्कार गरेको पीडितका परिवारले प्रहरीमा जाहेरी दिएका थिए ।