नेपाली कांग्रेसबाट प्रदेश नं. २ मा प्रतिनिधित्व गर्ने प्रदेशसभा सांसदको आज जनकपुरमा बसेको बैठकले प्रदेश सांसद रामसरोज यादवलाई नेपाली कांग्रेस प्रदेश नं २ को संसदीय दलका नेता चयन गरेको छ । यादवलाई बैठकले सर्वसम्मतिबाटै संसदीय दलका नेता चयन गरेको हो ।
कांग्रेसको धनुषा जिल्ला सभापतिसमेत रहेका यादव धनुषा निर्वाचन क्षेत्र नं ३ ‘क’ बाट निर्वाचित प्रदेससभा सदस्य हुन् ।
यसअघि आजै बसेको सङ्घीय समाजवादी फोरमको प्रदेशसभा बैठकले प्रदेश नं २ को संसदीय दलका नेतामा लालबाबु राउत गद्दीलाई सर्वसम्मतिबाट चयन गरेको थियो भने अन्य दलले संसदीय दलका नेता अझै चयन गर्न सकेका छैनन् ।
सङ्घीय समाजवादी फोरमबाट लालबाबु राउत संसदीय दलका नेता चयनभएपछि प्रदेश नम्बर २ को मुख्यमन्त्री लालबाबु नै बन्ने करिव निश्चित भएको छ । उक्त प्रदेशमा फोरम सबैभन्दा ठूलो दलका रुपमा खडा भएको छ भने दा्स्रो ठूलो दल राजपाले फोरमलाई मूख्यमन्त्रीमा सघाउने निर्णय गरिसकेको छ ।
प्रतिक्रिया