रामेछाप भलिबलमा सुदुरपश्चिम च्याम्पियन

रामेछाप भलिबलमा सुदुरपश्चिम च्याम्पियन


तेस्रो रामेछाप सिभिल भलिवल च्याम्पियनसिपको उपाधि सुदुरपश्चिमाञ्चल बिकास क्षेत्रले जितेको छ । फाइनल खेलमा अन्तिम तथा निर्णायक सेटको खेल चलिरहदा शान्तीदीप युवा क्लबले खराव प्रकाशका कारण खेल्न नमानेपछि सुदुरपश्चिमाञ्चललाई बिजयी घोषित गरीएको थियो । शान्तीदीपले खेल त्याग्दा सुदुरपश्चिमाञ्चल १२–९ को अग्रता कायम गरेको थियो ।

त्यसअघि शान्तिदीपले पहिलो सेट र तेस्रो सेट क्रमसः २८–२६ र २५–२१ ले जितेको थियो भने सुदुरपश्चिमाञ्चलले दोस्रो सेट २५–१५ तथा चौथो सेट २५–१७ ले जितेको थियो ।

आयोजकले बारम्बार मैदानमा प्रबेश गरी खेल्न अनुरोध गर्दा समेत शान्तीदीपका खेलाडी नमानेपछि आयोजकले रेफ्रिको सल्लाहमा शूदुरपश्चिमाञ्चललाई बिजयी घोषित गरेको हो । सुदुरपश्चिमाञ्चलले उपाधिसहित एक लाख ५० हजार प्राप्त ग-यो । शान्तिदीपले एक लाखमा चित्त बुझायो ।

प्रतियोगितामा मन्थली यूनाटेड समाजले तेस्रो स्थान हात पा-यो । नेपाल लोकतान्त्रिक खेलकुद संघलाई बेष्ट अफ फाइभको अन्तिम सेटमा पराजित गर्दै मन्थली यूनाइटेडले तेस्रो स्थान पक्का बनाएको हो ।

मन्थली यूनाइटेडले लोकतान्त्रिक खेलकुद संघलाई २५–२२, १७–२५, २५–२३, २८–२५, १५ – ९ ले पराजित ग-यो । तेस्रो स्थानसँगै मन्थली यूनाइटेडले ५० हजार प्राप्त ग¥यो भने चौथो लोकतान्त्रीकले ३५ हजारमा चित्त बुझायो ।

प्रतियोगितामा सूदुरपश्चिमाञ्चलका तारा भट्ट उत्कृष्ट खेलाडी घोषित भए । उनले १० हजार प्राप्त गरे । प्रतियोगितामा नेपाल लोकतान्त्रीक खेलकुद संघका मिलन मल्ल उत्कृष्ट स्पाइकर, मन्थली युनाइटेड समाजका राजकुमार थापा उत्कृष्ट ब्लकर, शान्तीदीप युवा क्लबका घनस्याम चौधरी उत्कृष्ट सर्भर, सूदुरपश्चिमाञ्चलका दीनेश गिरी उत्कृष्ट सेटर, सुदुरपश्चिमाञ्चलका बिनोद चन्द उत्कृष्ट डिफेन्डर, सूदुरपश्चिमाञ्चलका अशोककुमार भट्ट उत्कृष्ट प्रशिक्षक घोषित भए । उत्कृष्ट घोषित सबै खेलाडी र प्रशिक्षकले जनही पाच÷पाच हजार प्राप्त गरेका थिए ।

प्रतियोगिताका बिजेता टोली तथा खेलाडीहरुलाई रामेछाप जिल्लाबाट प्रतिनिधिसभा सदस्य श्यामकुमार श्रेष्ठ, प्रदेश सभा सांसद शान्ति प्रशाद पौडेल, पुर्व सांसद तथा नेकपा एमालेका केन्द्रिय सदस्य देवसंकर पौडेल, मन्थली नगरपालीकाका मेयर रमेशकुमार बस्नेत, रामेछाप जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष पुरुषोत्तम कडरीया लगायतले पुरस्कृत गरेका थिए ।

यसैबीच, प्रतिनिधिसभाका सदस्य श्यामकुमार श्रेष्ठले दुई चार बर्ष भित्रै सुबिधा सम्पन्न कभर्डहल निर्माण गरिने बताएका छन् । जिल्ला खेलकुद बिकास समिति रामेछापले आयोजना गरेको सिभिल भलिवल प्रतियोगिताको समापन समारोहमा सहभागि हुने क्रममा पुर्व गृह राज्य मन्त्री समेत रहेका श्रेष्ठले कभर्ड हल निर्माण गरिने बताएका हुन् ।

‘तपाईहरुले अहिले यस्तो धुलाम्य मैदानमामा बसेर भलिवल हेर्नुपरेको छ’, श्रेष्ठले भने, ‘अवको दुईचार बर्ष भित्र यहाँ सुबिधा सम्पन्न कभर्डहल निर्माण गरीने छ । तपाईहरुले कभर्डहल भित्र बसेर खेल हेर्न पाउनु हुने छ ।’
रामेछापबाट प्रसस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी जन्मिए पनि जिल्लामा सुबिधा सम्पन्न एउटा पनि कभर्ड हल छैन । मैदानको अभावमा जिल्ला खेलकुद बिकास समिति रामेछापले जिल्ला समन्वय समितिको हललाई सम्याएर प्रतियोगिताको आयोजना गरेको हो ।

यस अघि प्रतियोगिताको उद्घाटनका लागि पुगेका राष्टिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशव कुमार बिष्टले पनि रामेछापमा सुबिधा सम्पन्न कभर्ड हल निर्माण गरीने आश्वासन दिएका थिए । उनले त्यसका लागि जिल्ला खलकुद बिकास समिति रामेछापलाई प्रस्ताव ल्याउन निर्देशन समेत दिएका थिए ।