‘डेडु’को आधिकारिक बिक्रेता बन्यो ‘स्पोर्टस युनिभर्स’

‘डेडु’को आधिकारिक बिक्रेता बन्यो ‘स्पोर्टस युनिभर्स’


तेक्वान्दो, कराते र जुडोका खेल सामाग्री र खेल पोशाक निर्माण कम्पनी डेडुको आधिकारिक विक्रेता नेपालमा स्पोर्टस् युनिभर्सले प्राप्त गरेको छ ।

सो कुराको जानकारी स्पोर्टस युनिभर्सका संचालकमध्यका एक तथा तेक्वान्दो खेलका कीर्तिमानी खेलाडी दीपक विष्टले जानकारी गराएका छन् ।

तेक्वान्दो, कराते र जुडोको अन्तर्राष्ट्रिय महासंघले डेडुले उत्पादन गरेका खेल पोशाकलाई मात्र स्वीकृति प्रदान गरेको छ । यी तीन खेलका सबै अन्तर्राष्ट्रिय प्रतियोगितामा डेडुले उत्पादन गरेका खेल पोशाक र खेल सामाग्री मात्र प्रयोग गर्नुपर्नेछ ।

नेपालमा मार्सल आर्टस् र त्यसमा पनि यी तीन खेलका खेलाडीको संख्या बढी रहेकोले डेडुको आधिकारिक विक्रेता स्पोर्टस युनिभर्स लिएको हो । आधिकारिक विक्रेताको आधिकारिकता पाएपछि खेलाडीहरुमा सहज रुपमा खेल पोशाक खरिद गर्न सहज हुने भएको छ ।

तीन खेलका लागि आवश्यक सबै खेलसामाग्री पनि बानेश्वर (शंखमुल रोड) स्थित स्पोर्टस युनिर्भसमा उपलब्ध हुनेछ । त्यसबाहेक डेडुका ट्रयाकसुट, सिटसर्ट, स्पोर्टस सुज, ब्याग, ज्याकेटलगायतका सामग्री पनि स्पोर्टस युनिभर्समा उपलब्ध हुनेछन् ।

चार वर्षअघि सुरु भएको स्पोर्टस् युनिभर्समा फुटबल, क्रिकेट, भलिबल, बास्केटबलगायत अधिकांश खेलका खेल समाग्री र खेल पोशाक सुपथ मुल्यमा होलसेल र खुद्रामा विक्रि गरिदै आएको छ ।

डेडु र अन्य खेल सामाग्रीका बारेमा थप जानकारी स्पोर्टस युनिर्भसको फेसबुक पेजबाट पनि जानकारी लिन सकिने छ ।