आइएमई लाइफ र जनता बैंकबीच बैंक अस्योरेन्स सम्झौता

आइएमई लाइफ र जनता बैंकबीच बैंक अस्योरेन्स सम्झौता


आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र जनता बैंक नेपाल लिमिटेडबीच बैंक अस्योरेन्स सम्झौता भएको छ । उक्त बैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनी तर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र जनता बैंक नेपाल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले हस्ताक्षर गरेका छन् ।

सो बैंक अस्योरेन्स सम्झौतापश्चात सर्वसाधरण तथा बैंकका गा्रहकहरूले जनता बैंक नेपाल लिमिटेडको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा गराउनका साथै जीवन बीमासम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन् ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ४२ स्थानबाट बिभिन्न शाखामार्फत सेवा प्रदान गर्दै आइरहेको छ भने विभिन्न १० वटा योजना बजारमा ल्याएको छ । कम्पनीले सामान्य सावधिक, बाल शिक्षा, आजीवन, नगदफिर्ता, साढे तीन गुणा रक्षावरण लगायतका बीमा योजना ल्याएको छ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मुख्य उद्देश्य न्यूनभन्दा न्यून आय भएका शहरी तथा ग्रामीण भेकका व्यक्तिहरूको समेत जीवन बीमामा पहुँच पु¥याई नेपालमा जीवन बीमा बिस्तार गर्नु रहेको बताइएको छ ।