राष्ट्रिय सभामा निर्विरोध हुने यी भाग्यमानी ! (नामावलीसहित)

राष्ट्रिय सभामा निर्विरोध हुने यी भाग्यमानी ! (नामावलीसहित)


आज राष्ट्रिय सभाको निर्वाचन भइरहेको छ । निर्वाचन आयोगका अनुसार प्रदेश १ मा विराटनगर, प्रदेश ३ मा ललितपुर, प्रदेश ४ मा पोखरा, प्रदेश ५ मा दाङ, प्रदेश ६ मा सुर्खेत, प्रदेश ७ मा दिपायलमा मतदान भइरहेको हो ।

संविधानअनुसार एकल संक्रमणीय मत प्रणालीअनुसार प्रत्येक प्रदेशबाट ८ जनाका दरले कुल ५६ जना निर्वाचित हुने र ३ जना राष्ट्रपतिबाट मनोनीत हुनेछन् ।

५६ पदमध्ये २४ जना निर्विरोध भइसकेकाले ३२ पदका लागि मात्र निर्वाचन भएको छ । तर कतिपयहरु भने चुनावै नलडी निर्विरोध चयन भएका छन् ।

यी हुन् निर्विरोध निर्वाचित
प्रदेश १
रमेशजंग रायमाझी कांग्रेस
परशुराम मेघी गुरुङ एमाले
हरिचरण शिवाकोटी एमाले
सरिता प्रसाई कांग्रेस
नैनकला ओझा एमाले
विना पोखरेल माओवादी

प्रदेश २
जितेन्द्र नारायण देव कांग्रेस
सुमनराज प्याकुरेल एमाले
रमेशप्रसाद यादव राजपा
वृषेशचन्द्र लाल राजपा
रामपृत पासवान फोरम
मुक्ता कुमारी यादव कांग्रेस
शशिकला दाहाल माओवादी
प्रमिला कुमारी फोरम

प्रदेश ४
प्रकाश पन्थ कांग्रेस

प्रदेश ५
अनिता देवकोटा कांग्रेस
कोमल वली एमाले
मिना बुढा एमाले

प्रदेश ७
बद्री पाण्डे कांग्रेस
शेरबहादुर कुँवर एमाले
हरिराम चौधरी माओवादी
तारादेवी भट्ट कांग्रेस
इन्दु कडरिया एमाले
कमलाकुमारी ओली एमाले