प्रदेश नम्बर ३ मा सर्बसम्मत रुपमा संसदीय दलको नेता छान्न एमाले नसक्ने भएको छ ।
आकंक्षीहरुले आफ्नो हठ नत्यागेका कारण एमालेले ३ नम्बर प्रदेशले मुख्यमन्त्री एवं संसदीय दलको नेता सहमतिमा छनौट गर्न नसकेको हो ।
केन्द्रले प्रदेशबाटै संसदीय दलको नेता तय गर्न अधिकार दिए पनि सहमित नजुटेपछि शुक्रबार काठमाडौंमा चुनाव गर्ने तयारी छ । संसदीय दलको नेता नै स्वतः मुख्यमन्त्रीको उम्मेदवार हुनेछ ।
संसदीय दलको नेताका लागि उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र पोलिटब्यूरो सदस्य राजेन्द्र पाण्डे प्रतिस्पर्धामा छन् ।
१ नम्बर प्रदेशको संसदीय दलको चुनाव पनि शुक्रबार नै तोकिएको छ ।
प्रतिक्रिया