महेन्द्र शाही प्रदेश ६ को मुख्यमन्त्री बन्ने निश्चित

महेन्द्र शाही प्रदेश ६ को मुख्यमन्त्री बन्ने निश्चित


माओवादी केन्द्रका नेता एवं पूर्व उर्जामन्त्री महेन्द्रबहादुर शाही प्रदेश ६ को मुख्यमन्त्री बन्ने पक्का भएको छ ।

प्रदेश ६ को मुख्यमन्त्रीको विवाद आज माओवादीले टुंग्याएसँगै उनी मुख्यमन्त्री बन्ने पक्का भएको हो ।

आज भएको छलफलमा शाहीलाई मुख्यमन्त्री बनाउन सबै नेताहरु सहमत भएका थिए । शाही कालीकोट प्रदेश (ख) बाट निर्वाचित सांसद हुन् ।

नेताहरु पूर्वगृहमन्त्री जनार्दन शर्मा, प्रदेश इन्चार्ज शक्तिबहादुर बस्नेत र संयोजक मायाप्रसाद शर्माले मुख्यमन्त्रीको टुंगो लगाउन हिजै देखि सुर्खेतमा पुगि प्रयाश गरेका थिए ।

यसबारेमा माओबादीले भने औपचारिक घोषणा बिहीबार मात्रै गर्ने तयारी गरेको बुझिएको छ । यस अघि नेताहरु नै महेन्द्र शाही र नरेश भण्डारी पक्षविपक्षमा विभाजित भएपनि छलफलपछि सहमति जुटेको बताइएको छ ।