बर्दियामा बन्दै नेपालकै पहिलो कबड्डी एकेडेमी

बर्दियामा बन्दै नेपालकै पहिलो कबड्डी एकेडेमी


बर्दियामा नेपालकै पहिलो कबड्डी एकेडेमी बन्ने भएको छ । उक्त एकेडेमीको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले माघ २३ गते बर्दियामा शिलान्यास गरेका छन् ।

राखेपले बर्दियाको बास्गढी–४ स्थित मगर गाउँमा रहेको ८ बिघा जग्गामा कबड्डी एकेडेमी बनाउन लागेको हो । एकेडेमी बनाउन करिब ५० करोड खर्च लाग्ने राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जानकारी गराए ।

दाहालका अनुसार २ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ । तत्कालका लागि आठौं राष्ट्रिय खेलकुदको कबड्डी त्यही गराउने गरी काम अगाडि बढाइने छ ।