डिभिजन टु मा आज नेपाल नामिवियासँग प्रतिस्पर्धा गर्दै

डिभिजन टु मा आज नेपाल नामिवियासँग प्रतिस्पर्धा गर्दै


आजदेखि नामिबियामा शुरु हुने आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को उद्घाटन खेलमा नेपालले आयोजक नामिवियासँग प्रतिस्पर्धा गर्ने भएको छ ।

नेपाली समयअनुसार आज दिउँसो सवा १ बजे खेल सुरु हुनेछ । आजै केन्या र युएई पनि भिड्नेछन् ।

नेपालले उद्घाटन खेलमा विजय लक्ष्यका साथ नामिवियाको डब्लुएपी मैदानमा आयोजकसँग भिड्ने भएको हो । प्रतियोगितामा नेपालसहित नामिविया, केन्या, युएई, क्यानडा र ओमान सहभागी छन् । जहाँ शीर्ष दुई स्थान हासिल गर्ने टोलीले अर्को महिना जिम्वावेमा हुने एक दिवसीय विश्व कप छनोट खेल्न पाउनेछन् ।

पारस खड्काको कप्तानीमा रहेको नेपालका कि प्लेयरको रुपमा आईपीएलमा खेल्दै गरेका स्पीन बलर सन्दीप लामिछाने छन् । यस्तै, अनिलकुमार शाह र रोहितकुमार पौडेलले पहिलो पटक राष्ट्रिय टिममा डेब्यू गर्दैछन् ।

यसगरी, अन्य खेलाडीहरुमा (उपकप्तान) ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, सोमपाल कामी, वसन्त रेग्मी, शक्ति गौचन, करण केसी, ललितसिंह भण्डारी, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी र दीलिपनाथ रहेका छन् ।

नेपाली टोली यसअघि सन् २०१५ मा डिभिजन टू खेल्नकै लागि नामिविया पुगेको थियो । त्यतिबेला नेपालले क्यानडा र नामिवियालाई पराजित गरेको थियो भने केन्यासँग हार व्यहोरेको थियो ।