पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै छ ।
नेपाली कांग्रेस र उसका भ्रातृ संगठनहरुले कोइरालाको स्मृति दिवस मनाउँदै छन् । कोइरालाको ०७२ साल माघ २६ गते निमोनियाका कारण निधन भएको थियो ।
उनी ०६७ साल भदौ २५ गतेदेखि कांग्रेसको सभापति थिए । २०७० माघ २७ गते संसद्बाट प्रधानमन्त्रीमा निर्वाचित कोइरालाले संविधानसभाबाट संविधान जारी भएपछि २०७२ असोज २३ गते प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए ।
प्रतिक्रिया