काङ्ग्रेस प्रदेशसभा संसदीय दलको विधान पारित

काङ्ग्रेस प्रदेशसभा संसदीय दलको विधान पारित


 ‘प्रदेशसभा नेपाली काङ्ग्रेस संसदीय दलको विधान, २०७४’ नेपाली काङ्ग्रेसले पारित गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टीको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले प्रदेशसभा काङ्ग्रेस संसदीय दलको विधान संशोधनसहित पारित गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो ।

नेपालको संविधानअनुसार मुलुकमा पहिलोपटक प्रदेशसभाको निर्वाचन भएपछि प्रदेशमा संसदीय दल कार्यसमिति गठन गर्न उक्त विधान आवश्यक भएकाले तत्काल पारित गर्नुपरेको पार्टी कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा भएको बैठकमा पार्टीका शीर्ष नेतासहित केन्द्रीय सदस्य उपस्थित हुनुहुन्थ्यो ।