डोरमणि पौडेल प्रदेश ३ को एमाले संसदीय दलको नेतामा विजयी

डोरमणि पौडेल प्रदेश ३ को एमाले संसदीय दलको नेतामा विजयी


डोरमणि पौडेल प्रदेश ३ को एमाले संसदीय दलको नेतामा विजयी भएका छन् । आज  भएको मतदानमा पौडेलले ३४ मत प्राप्त गरेर विजयी भएका हुन् । यससँगै उनलाई प्रदेश ३ को मूख्यमन्त्री बन्ने बाटो खुलेको छ ।उनका प्रतिस्पर्धी अष्टलक्ष्मी शाक्यले २४ मत पाइन् ।

एमालेको ३ नं प्रदेशको संसदीय दलको नेता चयनमा सहमति नजुटेपछि ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा   मतदान भएको  थियो ।

यसअघि, प्रदेश नं ३ को मूख्यमन्त्रीमा मूख्य प्रतिस्पर्धी रहेका राजेन्द्र पाण्डे केपी ओलीकको असहयोग भएपछि अचानक मैदानबाट पछि हटेका थिए ।