आगामी एकसाता भित्र सातवटै प्रदेशले मूख्यमन्त्री पाउने भएका छन् । राजनैतिक दलहरुले संसदीय दलको नेता चयनको कामलाई तिब्रता दिएपछि सबै प्रदेशमा मूख्यमन्त्री छान्ने चटारो चलेको हो ।
एमाले–माओवादीसहितको वामठबन्धनले सरकार बनाउन सक्ने प्रदेश नम्बर १, २, ३, ५, ६ र ७ मा लगभग मूख्यमन्त्रीको टुंगो लालीसकेको छ । उता, प्रदेश नम्बर ४ मा एमालेको भागमा परेको मूख्यमन्त्री कसले पाउने भन्ने अझैं टुंगो लागेको छैन् । एमालेका पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङ दुबैजनाले आफूले मूख्यमन्त्री पाउनुपर्ने भन्दै दावी गरेकोले पार्टीले सो विषयलाई कसरी निष्कर्षमा पु¥याउने भन्ने गृहकार्यमा जुटेको बुझिएको छ ।
यता, प्रदेश नम्बर २ मा संघीय समाजवादी फोरमबाट लालबाबु राउत मुख्यमन्त्री बन्नेछन् । त्यस्तै। प्रदेश नम्बर एक मा एमालेको नेतृत्वमा सरकार बन्नेछ । एमालेले शेरधन राईलाई आफ्नो संसदीय दलको नेताका रुपमा चयन गरेको छ । यस्तै प्रदेश नम्बर तीनमा पनि एमालेकै नेतृत्वमा सरकार बन्ने छ । ३ नम्बरमा एमालेबाट डोरमणि पौडेल संसदीय दलको नेता चयन भएका छन् ।
यस्तै प्रदेश नम्बर पाँचमा एमालेले यसअघि नै शंकर पोखरेललाई नेताका रुपमा चुनिसकेको छ । माओवादी केन्द्रले नेतृत्व गर्ने प्रदेश नम्बर ६ र ७ मा संसदीय दलको नेता चयन भइसकेका छन् । ६ मा महेन्द्रबहादुर शाही र ७ मा त्रिलोचन भट्ट संसदीय दलको नेता चयन भएका छन् ।
प्रतिक्रिया