प्रचण्डले किन दिए यस्तो अभिव्यक्ति ?

प्रचण्डले किन दिए यस्तो अभिव्यक्ति ?


नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले देशको हित नहुने भएमा आफूले फड्को हान्ने बताएका छन् । एमाले र माओवादी केन्द्रबीचको एकीकरण प्रक्रिया उल्झनमा पर्दै गएको सर्वत्र महसुस गरिँदै गर्दा उनको यस्तो अभिव्यक्ति आउनुलाई पार्टी एकता प्रक्रियामा पछिल्लो चरणमा पैदा भएको कटू परिस्थितिसँग जोडेर हेरिएको छ ।

महाबौद्ध गुम्बा, तीनखोलेको समुद्घाटन समारोहलाई शनिबार चितवनमा सम्बोधन गर्दै उनले देशलाई अप्ठ्यारो पर्न लाग्यो भने कुनै उपाय निकालेर आफू अगाडि बढ्ने बताए ।

उनले भने, ‘म अहिले जहाँनेर छु त्यहाँबाट देशको हित नहुने भयो भन्ने लाग्यो भने मैले अर्को फड्को हान्न बेरै लाग्दैन । अब प्रचण्ड या माओवादी भनेकै त्यही भइसक्यो । अप्ठ्यारो पर्न लाग्यो भने कुनै न कुनै उपाय निकालेर अगाडि बढ्ने ।’