नयाँ सरकार गठनको बाटो खुल्दै, राष्ट्रियसभाको परिणाम राष्ट्रपतिलाई बुझाउने तयारी

नयाँ सरकार गठनको बाटो खुल्दै, राष्ट्रियसभाको परिणाम राष्ट्रपतिलाई बुझाउने तयारी


मुलुकमा तीनै तहको चुनाव सकिएसँगै नयाँ सरकार गठनको बाटो खुल्दै गएको छ । निर्वाचन आयोगले तीन तहको निर्वाचन सकिएसँगै आज राष्ट्रियसभा चुनावको अन्तिम परिणाम राष्ट्रपतिलाई बुझाउने तयारी गरेको छ ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने तीनजना बाहेक अन्य ५६ जनाको नाम राष्ट्रपति समक्ष पेश गर्ने निर्वाचन आयोगले तयारी गरेको हो ।

राष्ट्रियसभाको निर्वाचनसँगै राजनीतिक दलले संघीय संसदमा पुर्याउनुपर्ने ३३ प्रतिशत महिलाको कोटा निर्धारण भइसकेकाले अब निर्वाचन परिणाम बुझाउन समस्या नरहेको आयोगले जनाएको छ ।

तीनजना मनोनयनको विषय राष्ट्रपतिको अधिकार रहेकाले आयोगले त्यसमा केही गर्ने जनाइएको छ । समाचार स्रोतका अनुसार आयोगले ढिलोमा फागुनको पहिलो हप्ताभित्र प्रतिनिधिसभाको पनि अन्तिम निर्वाचन परिणाम राष्ट्रपतिलाई बुझाउने तयारी गरेको बुझिएको छ । यसले नयाँ सरकार गठनमा बाटो खुल्ने देखिन्छ ।