माओवादी केन्द्र–एमालेबीच हुने भनिएको वाम एकता भाँडिने संकेत देखिएपछि एमालेले आज स्थायी समितिको बैठक डाकेको छ ।
मुलुकको पछिल्लो राजनीतिक अवस्था, माओवादी केन्द्रसँगको पार्टी एकीकरण, समानुपातिक सांसदको सूची लगायतका विषयमा छलफल गर्न नेकपा (एमाले)ले आज स्थायी समितिको बैठक डाकेको हो ।
पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने बैठकमा पार्टी एकीकरणको पछिल्लो अवस्था र नयाँ सरकार गठनका बारेमा पनि छलफल हुनेछ ।
यस्तै समानुपातिक सांसदहरूको सूची तयार पारेर निर्वाचन आयोगमा बुझाउनेबारेमा छलफल हुने एक नेताले जानकारी दिए ।
पछिल्लो समय पार्टी एकताको विषयमा शिर्ष नेताहरुबाटै भाडिने खालको टिप्पणी हुन थालेपछि एमालेले एकतालाई मूर्त दिन भन्दै यो बैठकलाई डाकेको छ । त्यसले पनि यो बैठकलाई महत्वकासाथ हेरिएको छ । यता आजै ओली–प्रचण्डबीच समेत भेटवार्ता गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया