प्रदेश नं ४ मा नेकपा (एमाले)को संसदीय दलको नेतामा पृथ्वीसुब्बा गुरुङ सर्वसम्मत निर्वाचित बनेका छन् । संसदीय दलको नेताका लागि एमालेको केन्द्रीय सचिवसमेत रहेका पृथ्वीसुब्बा गुरुङ र पार्टीको प्रदेश नं ४ का संयोजक किरण गुरुङ इच्छुक देखिएपछि सर्वसम्मतिका लागि पहल गरिएको थियो ।
सर्वसम्मति गर्न आज शान्ति वनबाटिका (पोखरा)स्थित एमालेको जिल्ला कार्यालयमा पार्टीका केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष सोमनाथ अधिकारी प्यासी, प्रतिनिधिसभा सदस्यहरू रवीन्द्र अधिकारी, खगराज अधिकारीलगायत नेतासहित प्रदेशसभा सदस्य सहभागी बैठकले पृथ्वीसुब्बालाई सर्वसम्मत गरेको बताइएको छ ।
संसदीय दलको नेतामा सर्वसम्मत भएपछि नेता गुरुङले पार्टीका नेताको सहजता एवं प्रदेश नं ४ का संयोजक प्रदेशसभा सांसद किरण गुरुङको प्रस्तावमा आफू सर्वसम्मत निर्वाचित भएको बताए ।
प्रदेशसभा सदस्य किरण गुरुङले पार्टीको बृहत् एकता र यो प्रदेशको संयोजक एवं अभिभावकको हैसियले आफ्नै पहलमा सर्वसम्मत गरिएको दाबी गरे ।
प्रतिक्रिया