प्रदेश नं ४ अन्तर्गत नेपाली काँग्रेस संसदीय दलको नेतामा सांसद प्रकाशचन्द्र दवाडीको सम्भावना देखिएको छ । काँग्रेसको तर्फबाट गोरखा क्षेत्र नं २ प्रदेश ख बाट निर्वाचित सांसद दवाडी युवा र लोकप्रियताका कारण संसदीय दलको नेताका लागि संभावना देखिएको हो ।
लामो समयदेखि समाजसेवामा लागेका सांसद दवाडी काँग्रेसका तर्फबाट लमजुङ, तनहुँ र गोरखाबाटै प्रतक्ष्यतर्फ जित्ने एक्ला सांसद पनि हुन् ।
प्रदेश नं ४ मा एमाले माओवादीको सरकार वन्न लागेको अवस्थामा सरकारलाई खबरदारी गर्न प्रतिपक्ष दलको नेता युवा चाहिने भएकाले पनि दवाडीको सम्भावना अत्याधिक रहेको बुझिएको छ ।
सांसद दवाडी नरम स्वभाव र स्पष्ट वक्ता भएका कारण ४ नं प्रदेशमा कांग्रेसलाई हाँक्ने खुबी उनिसँग छ ।
प्रदेश नं ४ मा नेपाली काँग्रेसका ९ समानुपातिक र ६ प्रतक्ष्य गरी १५ सांसद छन् ।
प्रतिक्रिया