कांग्रेससहितका दलहरु समानुपातिक सांसदको सूची बुझाउने गृहकार्यमा

कांग्रेससहितका दलहरु समानुपातिक सांसदको सूची बुझाउने गृहकार्यमा


निर्बाचन आयोगमा प्रतिनिधिसभा निर्वाचनको समानुपातिक सांसदको सूची बुझाउनका लागि कांग्रेस, माओवादी तथा मधेसकेन्द्रित दलहरु आन्तरिक गृहकार्यमा जुटेका छन् । सांसदको सूची बुझाउनका लागि आयोगले दिएको म्याद आज सकिदै छ ।

आयोगका अनुसार दलहरुलाई प्रतिनिधिसभा निर्वाचनको समानुपातिक सांसदको सूची बुझाउने अन्तिम समय आज साँझ ५ बजेसम्मका लागि दिइएको छ ।

आफ्ना सांसदहरुको सूची आयोगमा बुझाउन बाँकी रहेका दलहरुले आज बिहानैदेखि दौडधुपमा लागिपरेका छन् । उता, सांसदको नामावलीबारे छलफल गर्न नेपाली कांग्रेसले बिहान कार्यसम्पादन समितिको बैठक समेत डाकेको बालुवाटार स्रोतले जनाएको छ ।

आयोगका अनुसार सामानुपातिकतर्फ ४० सिट पाएको कांग्रेसले २० जना महिला पठाउनु पर्ने, माओवादीले १७, संघीय समाजवादी फोरम र राजपाले ६–६ सिट पाएका छन् । नेकपा एमालेले भने आइतबार नै समानुपातिक सांसदहरुको नामावली निर्बाचन आयोगमा पठाइसकेको छ ।