ट्राफिकले यसलाई सुने राम्रै होला-वसन्तराज कु“वर

ट्राफिकले यसलाई सुने राम्रै होला-वसन्तराज कु“वर


मुलुक विकसित भएको प्रमाण त्यस देशमा भएको ट्राफिक व्यवस्थापनले पनि देखाउ“छ । नेपालमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त नै छ । यो क्षेत्रको सुधार सरकारले मात्र गर्छ भनेर छोडिदिने हो भने भविष्यमा यो समस्या अझै अराजक र अस्तव्यस्त नै हुनेछ । हाल ट्राफिक प्रहरी कार्यालयले यस क्षेत्रमा सुधारका प्रयास गरेको देखिन्छ । हरेक ट्राफिक प्रमुखको परिवर्तनस“गै सुधारको प्रयास गरेकै छन् तर यसको सुधार बलमिचाइ, जरिवाना र तर्साएर मात्र सम्भव छैन । कतै गाडी रोक्न नदिएर लखेटेको लखेटै गरेर पनि सम्भव छैन । व्यक्तिहरूले सवारी साधन चलाउन पनि पाउनुपर्छ, रोक्न पनि पाउनुपर्छ, रोकेर कार्यालय वा सपिङमा जान पनि पाउनुपर्छ र तिनले कर तिरेका कारण सम्मानित सवारीचालकझैं राज्यबाट इज्जत पनि पाउनुपर्छ । मेरो विचारमा कुनै पनि ट्राफिक प्रहरीको भूमिका ट्राफिक व्यवस्थापनमा १२ प्रतिशतभन्दा बढी हु“दैन । पूर्वाधार बनाउने काम सरकारको हो र कार्यान्वयन गर्ने काम ट्राफिक प्रहरीको हो । यो देशमा सरकार संवेदनहीन भएका कारण ट्राफिक प्रहरी बढी सक्रिय हुन बाध्य भएका छन् । ट्राफिकको व्यवस्थापन नियम, कानुन र यसका लागि आवश्यक भौतिक संरचनाबाट पनि हुनुपर्छ । आजको स्थितिमा सरकारले ठूलै योजना बनाई यस क्षेत्रमा सुधार गर्न सक्ने कुनै सम्भावना नदेखिएकोले यस्तो समयमा ट्राफिक प्रहरीले आफ्नै पहलमा भए पनि निम्नलिखित कुराको सुधार गरी न्यूनतम सवारी आवागमनको सुविधा मिलाइदिनुपर्छ ।
१) पार्किङको सुविधा बढाउन प्रयास गर्नुहोस् : काठमाडौंभित्र डेढ लाख मोटरसाइकल र मोटरपार्क गर्ने व्यवस्था हुनुपर्छ । यसका लागि पहिलो सरकारी स्वामित्वमा रहेको बहादुर भवन, सिंहदरबारको उत्तरी क्षेत्र, नेसनल ट्रनिङ र सोको दक्षिणपट्टकिो सरकारी क्षेत्र, अर्थात् जति पनि सरकारी भवनहरू छन् त्यसले चर्चेको जमिनबाट केही जमिन निकाली पार्किङ क्षेत्र बनाउनुपर्छ । त्यसपछि टु“डिखेल वा भृकुटीमण्डप वा शंखपार्कजस्ता सार्वजनिक स्थानको अन्डरग्राउण्ड पार्किङ बनाउनुपर्छ । तेस्रोमा निजी व्यक्तिहरूको जमिनमा मल्टी स्टोरी पार्किङ बनाउन लगाई त्यसबाट आर्थिक मुनाफा गर्ने प्रेरणा दिनुपर्छ । सरकारी जमिनमा निजी क्षेत्रलाई आह्वान गरी पार्किङ क्षेत्र बनाउन लगाई निश्चित वर्षसम्म उसैलाई भोग गर्न दिई त्यसपछि सरकारले फिर्ता लिने व्यवस्था मिलाउनुपर्छ । अहिले ट्राफिकहरूले कतै गाडी, मोटरसाइकल रोक्न नदिएर ट्राफिक व्यवस्थापन गर्न खोजेको प्रयास दीर्घकालीन समस्याको समाधान होइन र यो तरिका जायज पनि छैन । यहा“ नरोक्ने हो भने कहा“ रोक्ने प्रहरीले त्यो पनि देखाइदिनुपर्छ । अत: ट्राफिक प्रहरीले पार्किङ क्षेत्र बढाउन विशेष पहल सुरु गर्नुहोस् ।
२) प्यासेन्जरका लागि जहा“ पनि रोकिदिने कार्यमा सुधार गर्नुहोस् : जहा“ प्यासेन्जर देख्यो त्यही“ चालकले बीचमै गाडी रोकी यात्रु चढाउने र उतार्ने गरेर अरूलाई जाम पारेको देखिन्छ । मैले गाडी रोक्दा पछाडिका सवारीहरूलाई बाधा पर्छ भन्ने ती मूर्खहरूलाई पटक्कै चिन्ता देखि“दैन । यस्तो अवस्था रोक्न ट्राफिक प्रहरीले विशेष योजनासहित काम गर्नुपर्छ । मेरो विचारमा भाडाका गाडीमा यो समस्या बढी भएकोले सके प्रहरी नभए ट्राफिक भोलेन्टियरलाई विशेष प्रशिक्षण दिई दिनभरि भाडाको गाडी चर्ढाई उक्त ड्राइभरले गरेका गल्तीहरू नोट गर्न लगाउनुस् र बेलुका त्यस ड्राइभरलाई चेक लिस्ट दिई यो-यो कुरा सुधार गर्नु भनी जानकारी गराइदिनुहोस् । यसप्रकारको अनुगमनले बिस्तारै-बिस्तारै उनीहरूमा सकारात्मक परिवर्तन आउनेछ । योभन्दा अगाडि जान नपाइने भनी नम्बर लगाई हतार गर्न नपाइने व्यवस्था पनि मिलाइदिन सकिन्छ ।
३) अरूको लेनमा प्रवेश गर्न दिनु भएन : काठमाडौंका बाटोहरू त्यसै पनि सा“घुरा छन् । यहा“ चालकले आ-आफ्नो बाया“ साइडमा बसी सधैं दाया“ साइड छोडिदिनुपर्ने हुन्छ । तर, यहा“ के देखिन्छ भने बाटोका बाया“ बसेर सभ्य चालकहरू धर्ैयका साथ लाइनमा कुरिरहेका हुन्छन् भने कोही हाकाहाकी दाया“पट्ट िअगाडि बढेर पूरै विपरीत दिशाका गाडी रोकिदिन्छन् । यो क्षेत्रमा सुधार ल्याउन जरुरी छ ।
४) सानो बाटोबाट ठूलो-ठूलो बाटोमा सवारी साधनलाई सीधै छिर्न दिनु भएन : सवारी साधनको नियम हुन्छ- सानो बाटोबाट ठूलो बाटोमा प्रवेश गर्दा पहिला रोकेर बाटो खाली भएपछि मात्र प्रवेश गर्ने तर यहा“ कोही पनि त्यो नियम पालना गर्न तयार छैनन् । उनीहरू सीधै सानो बाटोबाट आफ्ना गाडी हालेर ठूलो बाटोमा जाम गरिरहेका हुन्छन् । यो लापरबाही सुधार गरिनुपर्छ ।
५) कसैलाई नकुर्ने बानी हटोस् : सवारी गुड्ने बाटो कम हु“दा, अवस्था हेरी अरूलाई पास दिएर बाटो खाली भएपछि मात्र आफू अगाडि बढ्नुपर्ने हुन्छ तर यहा“ जो-जताबाट आए पनि मेरो कारणले अरूलाई बाधा हुन्छ भन्ने महसुसै नगरी सवारी साधन चलाई व्यस्त बजारमा बीचमै गाडी मोड्ने, राउण्ड एवाउटमा नगई जहा“बाट पनि विपरीत दिशामा छिरिदिने आदि गरेको पाइन्छ । यसमा सुधार होस् ।
६) फुटपाथबाट अघि बढ्ने सवारी साधनको बानीमा सुधार होस् : प्राय: चौबाटोहरूमा ट्राफिकले सवारी साधन रोक्ने र पास दिने गर्छन् । त्यहा“ गाडीहरूले केहीबेर कर्ुर्नुपर्छ तर धर्ैयता नभएकाहरू अगाडि लाइन देख्दादेख्दै पनि मान्छे हि“ड्ने फुटपाथ, खाल्डा-खुल्डीसमेतबाट बाया“-बाया“ हु“दै अरूलाई छोउ“ला-छोउ“लाजस्तो गर्दै अगाडि बढ्छन् र ट्राफिकले इसारा दिएपछि लाजसरम पचाएर फेरि अरूलाई बाधा गरी आफ्नो लेनमा प्रवेश गर्न खोज्दछन् । यसमा सुधार होस् ।
७) पैदल यात्रुलाई बाधा नहोस् : पैदल यात्रुलाई बाटो काट्ने जेभ्राक्रस छैन । बिचराहरू जहा“ पायो त्यही“बाट गएर गाडीको बीचमा अड्किएको अवस्थामा देखिन्छन् । मैले केहीबेर रोकेर तिनलाई पारि जान दिनुपर्छ भन्ने धेरैलाई ज्ञान तिनमा छैन । यसले पैदल यात्रुहरूको पनि ब्लडप्रेसर बढेको छ । अझ फुटपाथमा समेत गाडी चलाइदिएपछि पैदल यात्री कहा“बाट हि“ड्ने – यसमा सुधार होस् । हुन त आकाशेपुल ह“ुदाहु“दै बीचबाटोबाट बाटो काट्ने पैदल यात्रुहरूलाई कारबाही गर्नैपर्छ । तिनको बानीमा पनि सुधार होस् ।
८) बाटो अतिक्रमण नहोस् : निर्माण सामग्री बाटैमा राख्ने, मोटरसाइकल तथा मोटर ग्यारेज बनाउने, आफ्नो पसलको सामान बाहिरसम्म ल्याउने, ठेलामा फलफूल वा तरकारी बेच्ने भन्दै बाटो छेक्ने, फुटपाथे पसल थाप्ने गरेर बाटो सा“घुरो बनाइएको छ । निर्माण सामग्री रातमा मात्र झार्ने व्यवस्था हुनुपर्छ र बिहानीसम्ममा हटाइएको हुनुपर्छ । यसमा सुधार होस् ।
९) मर्मत कार्य युद्धस्तरमा होस् : सरकारले कुनै बाटो मर्मत गर्दा कैयौ“ महिनासम्म बाटोलाई अस्तव्यस्त पारेको देखिन्छ । जहा“ निर्माण हु“दै छ, बरु २ दिन सवारी साधन रोकेर वा मध्यरात्रिमा आवागमन रोकेर काम गर्ने गरियोस् । सरकारले बाटो थपोस् सवारी साधन नियन्त्रण गरियोस् । यसमा सुधार होस् ।
१०) चौबाटोको सय मिटर वा आवश्यक दूरीसम्म सवारी साधन रोक्न निषेध होस् : के देखिन्छ भने प्रत्येक चौबाटोमै भाडाका गाडीहरू रोकिन्छन् र पूरै चौबाटो ब्लक हुन्छ । त्यसैले बिनाकारण गाडीहरू ब्लक हुन्छन् । मेरो विचारमा ठूला-ठूला चौबाटोमा ट्राफिकले कम्तीमा पच्चीस मिटर टाढै गाडी रोक्ने र पासको आदेश पाएपछि मात्र बाटो काट्ने गराउनुपर्छ । यसो गर्दा राउण्ड एवाउटमा लोड कम हुन्छ र घुम्ने स्थान बढी हुन्छ । जाम कम हुन्छ । यसमा सुधार होस् ।
११) प्रहरी सवारी आवागमनको बाधक नहोस् : काठमाडौंमा चाहिनेभन्दा बढी नै ट्राफिक चेकिङ भएझंै मलाई लागिरहेको छ । प्रहरीद्वारा संसारमै यति चेकिङ धेरै अनावश्यक चेकिङ भएको मैले कतै देखिन“ । अहिले केही दिनयता चेकिङको मात्रा अलि कम लाग्यो । ट्राफिकलाई प्रहरी चेकिङले भन्दा पनि पद्धतिले चलाउने काम राम्रो हुन्छ । शङ्कास्पद गाडी र मोटरसाइकलहरू छ भने चेज गरेर भए पनि चेकिङ गर्नुपर्छ तर अनावश्यक चेकिङ हुनुहु“दैन ।
१२. शिक्षा र जनचेतना : विदेशमा दुईवटा ट्राफिक पुलिसले लाखौ“ गाडीहरू नियन्त्रण गर्छ किनकि त्यहा“ सबै चालकले कानुन मान्दछन् । नेपालमा त्यो स्थिति ल्याउन ट्राफिकले जनपरिचालन गरेर उद्देश्य प्राप्त गर्न सक्छ । यो अति जरुरी छ । यसमा काम गरियोस् ।
१३. ट्राफिक प्रहरीहरू पैसालाई आधार मानेर त्यो सेवामा नआऊन् : यदि ट्राफिक प्रहरीहरू त्यो स्थानमा पैसा कमाउनकै लागि आएका छन् भने उनीहरूलाई ट्राफिक भ्वाइलेसन भएकै अवस्था राम्रो हुन्छ । पैसा त्यसैले दिन्छ जो माथि कारबाही हुन सक्छ । ट्राफिकको सोच ट्राफिक व्यवस्थापनमा ज्यादै ठूलो महत्त्व राख्दछ । त्यो सकारात्मक होस् ।
१४. सिनियर अफिसरहरू महत्त्वपूर्ण आइलाइनमा विजी आवरमा आफैं खटिनुपर्छ : हामीले ०३९ सालतिर जागिर खा“दा इन्स्पेक्टर परमेश्वरसिंह सिजापति र इन्दिवर सिंह न्युरोड वा पुतलीसडकको बीचबाटोमा उभिएर ट्राफिक व्यवस्थापन गरिरहेका हुन्थे । उनीहरूको सम्बन्ध प्रत्यक्ष रूपमा प्रत्येक चालकस“ग हुन्थ्यो । अहिले पनि सिनियर अफिसरहरू बाटोमा हुनु मनोवैज्ञानिक हिसाबबाट पनि जरुरी छ ।
१५. स्रोत सङ्कलनको प्रयास होस् : ट्राफिकको बजेट धेरै छैन अत: कर्पोरेट रेस्पोन्सिबिलिटीअर्न्तर्गत प्रत्येक उद्योग, व्यापारिक घरनाहरूले आफ्नो नाफाको निश्चित प्रतिशत समाज कल्याणका लागि छुट्याइएको हुन्छ । त्यो रकम ट्राफिकमा लैजान प्रयास होस् । यसबाहेक अन्तर्राष्ट्रिय दातृ संस्थास“ग पनि ठूलो सहयोग पाउन सकिन्छ । अत: फन्ट कलेक्सनका लागि च्यारिटी सो गर्नेदेखि लिएर विभिन्न सम्भावनाहरूमा काम गर्ने छुट्टै योजना तथा स्रोत सङ्कलन शाखा व्यवस्था गरी ट्राफिकले काम गरोस् ।
दीर्घकालीन रूपमा बाटाघाटा थप्ने, आकाशेपुल र बाटो बनाउने, भूमिगत मार्ग बनाउने, ऐन-नियम संशोधन गर्नेजस्ता कामहरू ट्राफिक प्रहरीको पहलले मात्र सम्भव छैन तर मैले माथि उल्लेख गरेका सुधारहरू ट्राफिक प्रहरीले गर्न सक्छ वा गराउन सक्छ । यसतर्फ ध्यान दि“दा राम्रो हुन सक्छ । यसलाई ट्राफिकले सुने राम्रै होला ।