प्रदेश नम्बर ५ को सभामुखमा माओवादीका घर्ती

प्रदेश नम्बर ५ को सभामुखमा माओवादीका घर्ती


प्रदेश नम्बर ५ को प्रदेशसभाको सभामुखमा माओवादी केन्द्रले रुकुमका पूर्ण घर्तीलाई पठाउने भएको छ । आइतबार बुटबलमा माओवादीको अबेरसम्म बसेको बैठकले पुर्ण घर्तीलाई सभामुख, संसदीय दलको उपनेतामा प्युठानका कृष्णध्वज खड्का, प्रमुख सचेतकमा रुपन्देहीका दधिराम न्यौपाने र सचेतकमा दाङकी दामा शर्मालाई जिम्मेवारी दिने निर्णय गरेको हो ।

पहिलेदेखि सभामुखमा गुल्मीका सुदर्शन बराल र घर्तीको नाम चर्चामा आए पनि दलले घर्तीलाई सभामुखमा पठाउने निर्णय गरेको माओवादीका नेता दिनेश पन्थीले बताए । माओवादीले यसअघि नै रोल्पाका कुलप्रसाद केसीलाई संसदीयदलको नेता चयन गरिसकेको छ ।

संसदीयदलको नेता र उपनेतालाई मन्त्री परिषदमा पठाउने ब्यक्ति छनोट गर्ने जिम्मा दिईएको समेत माओवादी श्रोतले जानकारी दिएको छ । बताइएअनुसार मन्त्रीपरिषदमा पहिलो चरणमा एमालेबाट बैद्यनाथ चौधरी र माओवादीबाट सुदर्शन बराललाई नियुक्त गरिने छ । फागुन २ गते प्रदेशसभाले सभामुखको आधिकारिक नियुक्ति गर्ने छ ।