प्रदेश ३ का मुख्यमन्त्री पौडेलले सपथ लिए

प्रदेश ३ का मुख्यमन्त्री पौडेलले सपथ लिए


३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश प्रमुख अनुराधा कोइरालासमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच पौडेलले सपथ लिएका हुन् ।

३ नं प्रदेशमा एमालेको बहुमत छ भन्दै सरकार गठनको दाबी गरेपछि प्रदेश प्रमुख कोइरालाले पौडेललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । केहीबेरमा पौडेलले पदभार सम्हाल्ने छन् । स्रोतका अनुसार पौडेललाई माओवादी केन्द्रको पनि समर्थन छ । पार्टी एकताको विषय निष्कर्षमा नपुगेसम्म माओवादी सरकारमा नजाने भएको छ ।

यसैबीच, एमाले प्रदेशसभा सांसद केशव स्थापित भौतिक पूर्वाधार मन्त्री बन्ने पक्का भएको बुझिएको छ ।