आजबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्त पद खाली हुने भएको छ । उमेरहदका कारण दीप बस्न्यातको आज बिदाइ हुन थालेपछि अख्तियारमा प्रमुख आयुक्त पद खाली हुन लागेको हो ।
फागुन २ गतेदेखि बस्न्यातको कार्यकाल सकिने भए पनि १ गते सार्वजनिक बिदा परेकाले बस्न्यातको आज बिदाइ गर्ने तयारी गरिएको छ ।
बस्न्यात ०७१ फागुन १५ गते अख्तियारको आयुक्तमा सिफारिस भएका थिए । ०७४ पुसमा तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्ति सर्वोच्चले बदर गरेपछि बस्न्यातले कार्यबहाक प्रमुखको भूमिका निभाएका थिए ।
संवैधानिक समितको सिफारिस र संसदीय सुनुवाइको अनुमोदनपछि ०७४ जेठ ८ गतेदेखि बस्न्यातले प्रमुख आयुक्तको जिम्मेवारी सम्हालेका थिए ।
बस्न्यातको अवकाशपछि अख्तियारको कार्यबहाक प्रमुख आयुक्तको जिम्मेवारी आयुक्त नवीनकुमार घिमिरेले पाउनेछन् ।
प्रतिक्रिया