प्रदेश नं ३ मा शालिकराम र केशवले लिए मन्त्रीको सपथ

प्रदेश नं ३ मा शालिकराम र केशवले लिए मन्त्रीको सपथ


प्रदेश नंं ३ का नवनियुक्त प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो मन्त्रिपरिषदमा दुई मन्त्री नियुक्त गरेका छन् । एमालेका केशव स्थापित र माओवादी केन्द्रका नेता शालिकराम जमरकट्टेललाई क्रमशः भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री र आन्तरिक मामिला तथा कानुन मन्त्रीमा सपथ खुवाइएको हो ।

प्रदेश प्रमुख अनुराधा कोइरालाले नवनियुक्त मन्त्रीहरुलाई सोमबार अपरान्ह पद तथा गोपनीयताको शपथ गराएकी हुन् । बाँकी पाँच मन्त्रालय मन्त्री मण्डल विस्तार नभएसम्मका लागि मुख्यमन्त्री पौडेलले नै सम्हाल्ने बताइएको छ ।