सरकार गठनपछि पार्टी एकीकरण

सरकार गठनपछि पार्टी एकीकरण


नेकपा एमाले र माओवादी केन्द्रबीच फेरि एकपटक पार्टी एकीकरण गर्ने सहमति उच्च तहमा बनेको छ । आज सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भएको लामो छलफलपश्चात सरकारको नेतृत्व केपी शर्मा ओलीले गर्ने र दुवै नेताहरू पार्टीको सहअध्यक्ष रहने सहमति बनेको छ ।

पार्टीमा दोस्रो र तेस्रो पुस्ताका नेताहरूको व्यवस्थापन कसरी गर्ने, मन्त्रिमण्डल र पार्टी केन्द्रिय समितिको स्वरुप तथा सङ्ख्य कसरी निर्धारण गर्ने भन्ने विषयमा मङ्गलबार दुई नेताहरूबीच छलफल हुने भएको छ ।

दुई नेताबीच बनेको सहमतिलाई बुधबार बस्ने पार्टी एकता संयोजन समितिको बैठकले अनुमोदन गरेपछि कार्यान्वयनमा ल्याइने छ ।

सरकार गठनअघि नै पार्टी एकताको आधार तथा स्वरूप निर्धारण गरी त्यसको घोषणा गरिने, तर पार्टी एकीकरणचाहिँ सरकार गठनपछि मात्र गरिने बुझिएको छ ।

एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राखिने सहमति भएको छ ।