राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा दिने तयारी गरेका छन् ।
नयाँ सरकारका लागि मार्गप्रशस्त गर्न तीनै तहको निर्वाचन सम्पन्नपछि प्रधानमन्त्री देउवाले यस्तो तयारी गरेका हुन ।
बालुबाटार स्रोतका अनुशार निर्वाचन आयोगले आज बेलुकासम्ममा प्रतिनिधिसभाको अन्तिम परिणाम राष्ट्रपतिलाई बुझाउने तयारी गरेको छ । प्रतिनिधिसभाको परिणाम बुझे पछि राष्ट्रपतिले तत्कालै नयाँ सरकार गठनका लागि आह्वान गर्ने भएकाले देउवाले त्यसअघिनै राजीनामा दिने तयारी गरेको बालुबाटार स्रोतको दावी छ ।
कांग्रेस र माओवादी केन्द्रबीच आलोपालो सरकारको नेतृत्व लिने समझदारीअनुसार देउवा चौथो पटक गत जेठ २३ गते मुलुकको ४० औं प्रधानमन्त्री निर्वाचित भएका थिए ।
प्रतिक्रिया