अध्ययनपछि मात्रै सिलवाल बारे निर्णय लिइने

अध्ययनपछि मात्रै सिलवाल बारे निर्णय लिइने


पूर्व डिआइजी नवराज सिलवालविरुद्ध कीर्ते अभियोगको सम्बन्धमा अनुसन्धान गरिरहेको प्रहरीले रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको छ ।

बुधबार बिहान प्रहरीले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको हो । प्रहरीले बुझाएको प्रतिवेदन अध्ययनपछि मात्रै मुद्दा दर्ता गर्न पर्ने या नपर्ने निर्णय गरिने सरकारी वकिलको कार्यालयले जनाएको छ ।

सरकारी वकिलको कार्यालयको प्रतिवेदनअनुसार मुद्दा दर्ता गर्नुपर्ने देखिएमा मात्र सिलवालको फाइल मुद्दाका लागि अगाडि बढाइनेछ । सिलवाल ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य हुन् ।