ओली नेपालको ४१ औं प्रधानमन्त्रीमा नियुक्त

ओली नेपालको ४१ औं प्रधानमन्त्रीमा नियुक्त


काठमाडौं । नेपालको ४१ औं प्रधानमन्त्रीका रुपमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न एमाले र माओवादीले बिहीबार नै राष्ट्रपति समक्ष समर्थनको पत्र बुझाएका थिए ।

यता शेरबहादुर देउवालाई प्रधानमन्त्रीबाट राजीनामा दिएको पात्र आज राष्ट्रपतिलाई बुझाएका छन् । उनको पत्र स्वीकृत भइसकेको छ ।

समाचार सूत्रका अनुशार आजै ओलीलाई राष्ट्रपतीले सपथ ग्रहण गराउने तयारी भएको छ ।