विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले गाेरखमा जनसरकारकाे घाेषणा गरेकाे छ । गोरखाकाे पालुङ्टारमा जनसरकारकाे घोषणा गरिएको हो ।
गोरखाको पालुङ्टार नगरपालिका ७ विरुवाटारमा जनसरकार गठन र घोषणा सभामा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा गण्डक ब्युरो इन्चार्ज सावित्री दुरा ‘आस्था’ प्रमुख अातिथ्यमा घाेषणा गरिएकाे छ ।
साे घाेषणासभामा तमुवान स्वायत्त प्रदेशका जनसरकार प्रमुख किसानसिंह तमु, जिल्ला सेक्रेटरी गोपाल पाण्डेको उपस्थित रहेकाे थियाे । २५ सदस्यीय जनप्रतिनिधिसभा गठन गरेर उक्त सभाले विष्णुप्रसाद रिजालको नेतृत्वमा ११ सदस्यीय जनसरकार गठन गरेको हो । सेक्रेटरी पाण्डेका अनुसार ‘जनसरकारले महत्वपूर्ण निर्णयहरु पारित गरेको छ ।
निर्णयहरुमा जनप्रतिनिधिसभाले बुढीगण्डकी जलविद्युत आयोजना प्रभावितलाई मुआव्जामा वितरणमा भइरहेको ढिलासुस्तीप्रति ध्यानाकर्षण प्रस्ताव पास गरेको छ ।
नाम छुटेका भूकम्प पीडितको गुनासोको सुनुवाई नगर्ने अहिलेका जिल्लाका प्रमुखहरुले पोखराको पाँचतारे होटलमा गोष्ठी गरेकोप्रति गम्भीरता पूर्वक ध्यानकर्षण भएको प्रस्ताव सभाले पास गरेको छ, त्यस्तै गोरखाको प्रतिष्ठाको रुपमा रहेको गोरखकाली रबर उद्योग तहसनहस बनाएकोप्रति ध्यानाकर्षण भएको छ । त्यसलाई सञ्चालन गर्न आन्तरिक रुपले लाग्ने निर्णय भएको छ ।
साथै, पुरानो राज्यसत्तालाई एनजीओ, आईएनजीले सञ्चालन गरेको ठहर गर्दै जनसरकारसँग समन्वय गर्न आव्हान गर्ने, अटेरी गरे तिनलाई प्रवेशमा निषेध गर्ने निर्णय गरेको पनि गरेको छ ।
प्रतिक्रिया