राष्ट्रपति कार्यालयबाट प्रधानमन्त्री नियुक्तिको पत्रमा गम्भीर त्रुटी भएको पाइएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको ४१औं प्रधानमन्त्रीका रुपमा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नियुक्त गरेपछि राष्ट्रपतिको कार्यालयबाट जारी गरिएको पत्रमा गम्भीर त्रुटी देखिएको हो ।
पत्रमा उल्लेखित मिति नै गलत छ । मितिमा २०७३ साल उल्लेख गरिएको छ, जबकि हुनुपर्ने २०७४ थियो । राष्ट्रपति कार्यालयबाट जारी पत्रले एक वर्षअघि नै प्रधानमन्त्रीमा ओलीलाई नियुक्त गरिएको भन्ने अर्थ लाग्छ ।
विज्ञप्तिमा भनिएको छ, ‘आज मिति २०७३ साल फागुन ३ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभाका माननीय सदस्य श्री केपी शर्मा ओलीज्यूलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ ।’
यसरी राष्ट्रपति कार्यालयबाटै जारी गरिएको पत्रमा गम्भीर त्रुटी पाइएपछि सामाजिक संजालमा चर्को आलोचना भएको छ । जारी पत्रमा कुलप्रसाद चुडाल (प्रवक्ता) को हस्ताक्षर छ ।
प्रतिक्रिया