नेपालको ४१औँ प्रधानमन्त्रीको रूपमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्या भण्डारीबाट पद तथा गोपनियताको सपथ लिनुभएको छ । राष्ट्रपति निवासमा आयोजित सपथ ग्रहण समारोहमा प्रधानमन्त्री ओलीका अलावा दुई मन्त्रीहरुलाई समेत राष्ट्रपतिले पद तथा गोपनियताको सपथ दिलाउनुभएको छ ।
नेकपा एमालेका दुई नेता लालबाबु पण्डित र थममाया थापालाई क्रमशः वातावरण तथा जनसंख्या र महिला तथा बालबालिका मन्त्रीको रुपमा सपथ दिलाइएको हो ।
ज्ञात रहोस्, सपथ ग्रहणका क्रममा राष्ट्रपतिबाट ‘…ईश्वरका नाममा…’ शब्द उच्चारण गरिए पनि प्रधानमन्त्री ओलीले ईश्वरको नाममा सपथ लिनुभएन ।
प्रतिक्रिया