नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले हतार गरेपछि पूर्बप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी निवास बालुवाटर छाड्ने तयारी गरेका छन् । देउवा आजै बालुवाटार छाडेर निजी निवास बूढानीलकण्ठ जानेछन् ।
केही दिनभित्रै बालुवाटार छाड्ने तयारीमा बसेका देउवालाई प्रधानमन्त्री ओलीले ताकेता गरेपछि शुक्रबार दिउँसो १ बजे नै बालुवाटार छाड्ने बुझिएको छ ।
देउवाले बिहीबार प्रधानमन्त्री पदबाट राजीनामा दिएका हुन् । २०७४ जेठ २३ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवा ढिलागरी असार ५ गते मात्रै बालुवाटार प्रवेश गरेका थिए ।
प्रतिक्रिया