प्रदेश ४ को मुख्यमन्त्री गुरुङले लिए शपथ

प्रदेश ४ को मुख्यमन्त्री गुरुङले लिए शपथ


४ नं प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पद तथा गोपनीयताको शपथग्रहण लिएका छन् ।

शुक्रबार बिहान आयोजित एक कार्यक्रमका बीच गुरुङलाई प्रदेश नं ४ का प्रमुख बाबुराम कुँबरले शपथ गराएका हुन् ।

गुरुङले शपथ खाएसँगै २ सदस्यीय मन्त्री मण्डल गठन गर्ने बुझिएको छ । रामशरण बस्नेतलाई उद्योग, पर्यटन, वन मन्त्रालय दिइएको छ ।