चार नम्बर प्रदेश सरकारद्वारा ‘उज्यालो अभियान’ घोषणा

चार नम्बर प्रदेश सरकारद्वारा ‘उज्यालो अभियान’ घोषणा


४ नम्बर प्रदेश सरकारले ‘उज्यालो अभियान’ घोषणा गरेको छ । प्रदेश ४ को पहिलो मन्त्रिपरिषद् बैठकले ‘उज्यालो प्रदेश अभियान’ लाई घोषणा गरि कार्यान्वयनको चरणलाई बलियो बनाएर लैजाने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को बैठकको निर्णयमा भनिएको छ,‘प्रदेश ४ लाई उज्यालो प्रदेश बनाउन आगामी २ वर्षभित्र सबै गाउँ र वस्तीमा विद्युत सेवा पु-याउने निर्णय गरिन्छ ।’

यस्नै, मन्त्रिपरिषद् बैठकले ५ वर्षभित्र सुविधासम्पन्न सम्मेलन केन्द्र बनाउने तथा क्यान्सर, मुटु र मिर्गौला उपचार गर्ने अस्पताल सञ्चालन गर्ने पनि निर्णय लिएको छ ।

त्यस्तै, प्रत्येक स्थानीय तहको केन्द्रलाई प्रदशे राजधानीमा जोड्ने, आगामी २ वर्षमा प्रत्येक गाउँमा खोनेपानी सेवा पु-याउने र स्थानीय तहसँग सहकार्य गरेर बहुसांस्कृतिक गाउँ स्थापना गर्ने निर्णय समेत गरेको छ ।

प्रदेश सरकारको कारकारबाहीलाई छिटो छरितो चुस्त बनाउन विद्युतीय सुशासनमा जोड समेत दिएको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकले आगामी ५ वर्षमा प्रदेशमा सुविधासम्पन्न खेलमैदान बनाउने निर्णय पनि गरेको छ ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले शुक्रबार सपथ लिए लगतै रामशरण बस्नेतलाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नियुक्त गरिसकेका छन् ।