साढे आठ महिनापछि देउवा बालुवाटारबाट विदा

साढे आठ महिनापछि देउवा बालुवाटारबाट विदा


साढे आठ महिनापछि  निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री निवास बालुवाटारबाट  विदा भएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार नयाँ प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवा शुक्रबार दिउँसो निजी निवास सरेका हुन् ।

निवर्तमान प्रधानमन्त्री देउवा दिउँसो साढे १२ वजेपछि बालुटारबाट निजी निवास बुढानिलकण्ठतर्फ लागेका उनका स्वकीय सचिव विरेन्द्र थापाले जानकारी दिएका छन् ।

 गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएपछि नेपाली कांग्रेसका सभापति देउवा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बस्दै आएका थिए ।