प्रजातन्त्र दिवसमा कांग्रेसी युवा जुट्ने भएका छन् । नेपाली कांग्रेसको भातृसंगठन नेपाल तरुण दलले प्रजातन्त्र दिवसको अवसर पारेर काठमाडौंमा अगुवा कार्यकर्ता भेला डाकेको हो ।
तरुण दलले ६७ औं प्रजातन्त्र दिवसको अवसर पारेर कांग्रेस केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे उपत्यका स्तरीय बृहत अगुवा कार्यकर्ता भेला गर्ने तयारी गरेको बताइएको छ ।
यसैबीच, तरुण दलले उपत्यका बाहेकका जिल्लाहरुमा तरुण दलको जिल्ला कार्यसमितिलाई विभिन्न कार्यक्रम आयोजना गरेर प्रजातन्त्र दिवस मनाउन समेत निर्देशन दिइसकेको जनाइएको छ ।
प्रतिक्रिया